संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

ओखलढुंगा । ओखलढुंगामा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् । सिद्धिचरण नगरपालिका–७ टोड्केकी ४० बर्षीया मीनाकुमारी श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् ।

स्थानीय टोड्के सामुदायिक बनपाखोमा सोमबार उनको शव फेला परेको थियो । उनले शरीरमा डिजेल खन्याएर आगो लगाएर आत्महत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Advertisement

उनले आत्महत्या गरेको छेउमा डिजेल प्रयोग गरिएको बोतल र सानो झोलासमेत फेला परेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!