रबिन कटेल
सरिता भट्टराई नेपाल, बिराटनगर-४

‘आउनुस् आउनुस् एक युवा नेत्रृ तपाईँको घर दैलोमा आउनु भएको छ । उहाँको भाषण सुन्नुहोस घर–घर बाट आमा, दिदी, बहिनी, छोरी, चेली निस्कनुहोस्’ भन्ने आवाज टोलमा घन्किरहेको थियो । सबै गाउँलेहरु कुनै जात्रामा जान लागेझै हुलका हुल सडकमा देखिन्थे । म पनि बेर पो हुने होकी भनी हत्तनपत्त खाना नपकाई ढोका बन्द गरी त्यतै तिर दौडिएँ । जनसागरको माझमा उभिएकी एउटी साधारण महिला देखें । उनका विचारहरु सुनेर सबैको मुहारमा कान्ति छाएको झैं देखिन्थ्यो ।

उनको बिषय महिला शसक्तिकरण, महिला हिंसा अन्त्य, छोरा सरह छोरीलाई अधिकार, शिक्षामा छोरीलाई अगाडि बढाउने, सुत्केरी, एकल महिला, वृद्ध, अपांग, दलित, सीमान्तकृत, बालवालिकाको हक हितमा बोलिएको कुरा “बर्षाकालको मेघ” झै घन्किएको थियो ।

Advertisement

त्यो आवाजले मेरो जीउमा काँडा उम्रिरहेको थियो । छाती ढक्क फुलिरहेको थियो । म एकोहोरीएँ । मेरो मोबाइलमा किरिरी घण्टी बज्यो, उठाएँ ‘कहाँ छेस् भोक लाग्यो घरआउनु पर्दैन ?’ पतिको वचन वाँणले मुसलधारे पानीको वर्षाझै मेरो आँखाबाट आँशुको थोपा टपटप भुईँमा खस्यो र हतारिदै घर तर्फ लागे । ‘‘ढोका खोल ! बेर भै सक्यो ! हाम्रो पाटीको अन्तिम भोज छ ! खाना खाएर जान्छु भरे आँउदिन, अन्तिम भोज मेरै जिम्मामा छ बिदेशी रक्सि…” यस्ता कुरा सुनेर तर्सिएँ । हतारिँदै खाना बनाउन थालेँ । मन मेरो त्यही भाषणमा अल्झी रहेको थियो ‘महिला हिंसा’ । आखिर कहिले हुने हो त यस्तो हिंसाको अन्त्य मेरो अन्तरमनले उत्तर खोजिरहेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement