संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१४ बाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१४ का ३४ बर्षीय रमेश परियार, धरान–१० का ४० बर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका–६ का २० बर्षीय खुर्सित अन्सारी र २३ बर्षीय अक्ताक अन्सारी छन् ।

Advertisement

ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १२१ मिलिग्राम ब्राउनसुगर, ४ बोतल डाईलक्स डिसि र नाईट्रोसन २० ट्याब्लेट बरामद भएको छ ।

पक्राउ परेका चारै जनाको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!