उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नहरमा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा दोलखा घर भई त्रियुगा–७ बस्दै आएका मधुसुधन अधिकारीका ३ बर्षीय छोरा लेखनाथ छन् ।
दिउँसो करिव १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा डुब्दा बालक अचेत भएका थिए । अचेत अवस्थामा उनकी आमाले फेला पारेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।