संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान–१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ, ३० बर्षीय मन्दिप मगर, धरान–१९ का २६ बर्षीय जनम मगर, धरान–३ का २० बर्षीय सारङ खड्गी र २२ बर्षीय राजिव मगर छन् ।

संघीय प्रहरी इकाई कार्यालय र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनीहरुलाई ३१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका सातै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!