सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । कोशी पहाडी बीउ व्यवसायी उत्पादन सहकारी संस्था लिमिटेड धनकुटाको अध्यक्षमा धनकेशर खड्का निर्वाचित भएका छन् । धनकुटामा शनिवार सम्पन्न सहकारीको ११ औं साधारण सभाले खड्काको अध्यक्षतामा नौं सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा प्रेमबहादुर पराजुली, सचिवमा लोकेन्द्र बहादुर श्रेष्ठ र कोषाध्यक्षमा आनन्द कुमार जोशी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मदन कुमार दाहाल, सिता अधिकारी, रामप्रसाद दाहाल, केन्द्रबहादुर बुढाथोकी र कमला पराजुली निर्वाचित भएका छन् ।

साधारण सभाले गोकुल लुइटेलको संयोजकत्वमा लेखा समिति पनि निर्माण गरेको छ । समितिको सदस्यमा निर्मला तुलाधर खड्का र रेवतराम भण्डारी चयन भएका छन् ।

यसैबीच, साधारण सभा उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै जिल्ला सहकारी संस्थाका उपाध्यक्ष कमल लामिछानेले किसानका लागि मल, बिउविज एवं विषाधि सहुलियतमा उपलब्ध गराउँन कोशेपानले भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

२०५० सालमा पाख्रीबसमा स्थापना भएको संस्थामा अहिले कोशी पहाडका चार जिल्लाका किसान आबद्ध छन् । धनकुटा बजारमा २०५६ सालदेखि सञ्चाल हुँदै आएको यो सहकारीले धनकुटासहित भोजपुर, संंखुवासभा र तेह्रथुमका किसानलाई मल, वीउ, विषाधि वितरण र परामर्श दिदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!