संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धनकुटामा एमालेले सबै पदमा जित्ने गरी चुनावी तयारीमा लाग्न जिल्लाका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले धनकुटाले सहिदभूमि गाउँपालिकाको छिन्ताङ्गमा आज आयोजना गरेको सहिद स्मृति सभालाई संवोधनका क्रममा ओलीले यस्तो निर्देशन दिएका हुन् ।

धनकुटामा एमालेको गर्विलो इतिहास रहेको भन्दै ओलीले आगामी चुनावमा एमाले बाहेक अन्य पार्टीले वडा सदस्य पनि नजित्ने गरी तयारी गर्न निर्देशन दिए । ‘यस जिल्लामा कुनैपनि प्रतिनिधि, वडा सदस्य पनि अर्को पार्टीको हुँनु हुदैन,’ अध्यक्ष ओलीले धनकुटाका एमाले नेता कार्यकर्तालाई भने, ‘सबै एमालेले जित्नुपर्छ, त्यही अनुसार तयारी गर्नुस् ।’

अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाहरुलाई अध्यक्ष ओलीले उत्साहित भएर परिचालित हुँन आग्रह पनि गरेका छन् ।

 

अबको चुनावमा सबै पार्टी मिल्दा पनि एमालेको कम्मर-कम्मर आइपुग्दैनन्: ओली

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!