संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको इटहरीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा शनिवार धनकुटाका एक बालकको मृत्यु भएको छ । इटहरी–१७ स्थित नहरको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा पाख्रीबास नगरपालिका–१० का १४ बर्षीय दगेन्द्र तिमल्सिनाको मृत्यु भएको हो ।

बालक तिमल्सिना इटहरी–१७ स्थित दिदीको घरमा बस्दै आएका थिए । अपरान्ह करिब ४ बजे नहरको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि बिराट टिचिङ अस्पताल लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

यसैबीच, शनिवार दिउँसो ३ बजे घरको पिलर लगाउने क्रममा भाईब्रेसन मेसिनबाट करेन्ट लाग्दा इटहरी–१० वसियनपार्कका ४५ बर्षीय धनप्रसाद राईको मृत्यु भएको छ । करेन्ट लागेर घाइते भई उपचारका लागि लैजाने क्रममा राईको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!