संगालोखबर सम्वाददाता

झापा । झापाको कमल गाँउपालिका–३ केर्खा बजारबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१५ का २० बर्षीय सुवास मेचे र मेचीनगर–१० का २५ बर्षीय सुरज लामिछाने छन् ।

Advertisement

बुधबार साँझ विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको टोलीले टेम्पु चढरे आउदै गरेका सुवास र सुरजलाई लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट ८८ ग्राम ब्राउनसुगर फेला परेको छ ।

पक्राउ परेका दुबै जनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!