संगालोखबर सम्वाददाता

धनकुटा । १४ बर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा धनकुटाको साँगुरीगढी गाउँपालिकाका एक युवा पक्राउ परेका छन् । वालिका बलात्कार आरोपमा साँगुरीगढी–८ का २५ बर्षीय भिषण राईलाई प्रहरीले गत बुधबार पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार घटना गत जेठ २४ गतेको हो । पीडित पक्षले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । त्यसपछि फरार भएका राईलाई वुधबार गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सन्तुलाल जैसवालले जानकारी दिए । ‘आफन्तको बाट आफ्नो घर फर्कने क्रममा राती करिब ९ बजे हात समातेर तान्दै मकैवारीमा लगेर बलात्कार गरेको रहेछ,’ डिएसपी जैसवालले संगालोखबरसँग भने, ‘घटनापछि फरार भएका राईलाई हामीले गाउँमै फेला पारेर पक्राउ गरी कारबाही प्रकृया अघि बढाएका छौ ।’

पक्राउ परेका राईविरुद्ध प्रहरीले जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर गरेको छ । मुद्दा दायर गरेर घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!