संगालोखबर सम्वाददाता

इलाम । इलामको देउमाई नगरपालिका–४ मा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भोजपुर घर भई इलामको देउमाई नगरपालिका–४ चित्रेमा डेरा गरेर बस्दै आएका ४५ बर्षीय ताकबहादुर तामाङले श्रीमति ४६ बर्षीया सूर्जामायाको हत्या गरेका हुन् ।

Advertisement

शुक्रबार बिहान करिब साढे ८ बजे ताकबहादुरले सामान्य घरायसी विवादका क्रममा श्रीमतिलाई दाउले काटेर हत्या गरेको इलामका प्रहरी प्रवक्ता डिएसपी लालध्वज सुवेदीले बताए । ‘हत्याको ठूलो कारण देखिदैन । सामान्य वादविवादमै दाउले हानेको पाइयो ।’ हत्यामा संलग्न ताकबहादुरको भनाई उदृत गर्दै डिएसपी सुवेदीले संगालोखबरसँग भने, ‘ताकबहादुरले सामान्य विवादका क्रममा मलाई खै, के भयो के भयो, आवेगमा आएर काटे भन्छन्, थप बुझ्दैछौ ।’

सूर्जामायाको घाँटीमा दाउले काटिएको छ । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय मंगलबारेबाट घटनास्थल पुगेको प्रहरी टोलीले ताकबहादुरलाई नियन्त्रणमा लिएको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । ताकबहादुर विरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!