संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा आज १३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३/३, तेह्रथुम, ताप्लेजुङ र ओखलढुङ्गामा १/१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ५९, रंगेलीमा २, ग्रामथान, जहदा, पथरीशनिश्चरे, रतुवामाई, कटहरी, धनपालथान र उर्लाबारीमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको विर्तामोडमा ७, झापा गाउँपालिकामा ४, अर्जुनधारामा ३, शिवसताक्षी, हल्दिबारी र भद्रपुरमा २/२, गौरीगञ्जमा १ जना संक्रमित थपिएका छन् ।

यता, सुनसरीको धरानमा १०, इटहरीमा ४, बर्जुमा २, रामधुनी, दुहवी, इनरुवा र स्थानीय तह नखुलेका १/१, संखुवासभाको खाँदबारीमा ८, स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा ३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । त्यस्तैगरी इलामको इलाम नगरपालिकामा २ र स्थानीय तह नखुलेका १, तेह्रथुममा १, ताप्लेजुङमा १, ओखलढुङ्गाको सिद्धिचरणमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएकोे छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ३२२ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९४४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८९९ छ ।

प्रदेश १ मा आज ४३८ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ४२ महिला र ९४ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!