संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा प्रचण्ड–माधव पक्षीय नेकपाको सात वटै पालिका कमिटीका पदाधिकारी तथा सदस्यले शनिबार सपथ ग्रहण गरेका छन् । धनकुटा, पाख्रीबास र महालक्ष्मी नगर कमिटी तथा छथर जोरपाटी, शहिदभूमि, साँगुरीगढी र चौबिसे गाउँ कमिटीका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।

Advertisement

तीन वटा नगर कमिटीमा ८१/८१ र चार वटा गाउँ कमिटीमा ७७/७७ जनाले सपथ लिएको नेकपा धनकुटाका सचिव ऋषिराम ढुंगानाले जानकारी दिए । धनकुटा नगरपालिकाका अध्यक्ष खगेन्द्र विष्ट, सचिब सुजनभाई जोशी, चौविसे गाउँपालिकाका अध्यक्ष इन्द्र खत्री, सचिब बुद्धराज याखा, सहिदभूमि गाउँपालिकाका अध्यक्ष भीमलाल राई, सचिब गोपाल राई र पाख्रिबास नगरपालिकाका अध्यक्ष शोवित निरौला, सचिब बलराम खड्काले सपथ ग्रहण गरेका छन् । त्यस्तै साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जगत राई, सचिब अनिल किँराती, छथर जोरपाटी गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र कार्की, सचिब चेत राना मगर र महालक्ष्मी नगरपालिकाका अध्यक्ष प्रेम खड्का र सचिब हर्कजंग बुढाथोकीसहित सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।

जिल्ला अध्यक्ष दुर्गा लिंखाले महालक्ष्मी नगर कमिटी र सचिव ढुंगानाले पाख्रीबास नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् । त्यस्तै प्रदेश कमिटी सदस्य धनमाया बिकले धनकुटा नगर कमिटी, केन्द्रिय परिषद् सदस्य डिल्लीराम राईले शहिदभूमि गाउँ कमिटी, निर्वाचन क्षेत्रिय सचिव स्मिता निरौलाले छथर जोरपाटी गाउँ कमिटी, जिल्ला सचिवालय सदस्य आधुनिक देवानले चौबिसे गाउँ कमिटी र ब्रम्हध्वज लिम्बूले साँगुरीगढी गाउँ कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!