Avatar photoRabin Katel


धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई शनिवार धनकुटामा कालो झण्डा देखाइएको छ । नेकपा जिल्ला कमिटी धनकुटाको केपी ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई संवोधनका लागि धनकुटा आएका गृहमन्त्री थापालाई नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले कालो झण्डा देखाएको हो ।

हेलिकप्टरमार्फत नेपाली सेनाको सल्लेरी व्यारेकमा उत्रिएर त्रिवेणी स्कूलस्थित कार्यक्रम स्थलतर्फ जाँदै गर्दा भीमनारायण चौक नजिक विद्यार्थीहरुले कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन् । कडा सुरक्षाकावीच आउँदै गर्दा कालो झण्डा देखाउँदै विद्यार्थीहरुले गृहमन्त्री थापाविरुद्ध प्रदर्शन गरेका थिए ।

Advertisement

प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेकाले त्यसको विरोधमा ओली सरकारका गृहमन्त्रीलाई कालो झण्डा देखाइएको नेवी संघका जिल्ला सभापति बालानन्द दाहालले संगालोखबरलाई जानकारी दिए ।

भिडियो हेर्नुहोस्…

यो पनि हेर्नुहोस्…

गृहमन्त्रीको धनकुटा यात्रा: आउँदा कालो झण्डा, जाँदा कालो बेलुन

 

धनकुटामा गृहमन्त्री थापाले भनेः राजावादीको षड्यन्त्रमा नेकपा फुट्दैछ, एकतावद्ध बन्नुपर्छ

 

गृहमन्त्री थापा धनकुटा आउँने

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement