
विराटनगर । प्रदेश १ मा शनिबार ६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २१, झापामा १९, सुनसरीमा १७, इलाममा २ र संखुवासभामा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १२, सुन्दरहरैंचामा ४, पथरीशनिश्चरेमा २, रतुवामाई, केराबारी र ग्रामथानमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको विर्तामोडमा ८, दमकमा ४, शिवसताक्षीमा ३, मेचीनगर, कचनकवल, बुद्धशान्ति र झापा गाउँपालिकामा १/१, सुनसरीको धरानमा ८, इटहरीमा ६, इनरुवा, बराहक्षेत्र र दुहवीमा १/१ जना संक्रमित भएका छन् ।
यता, इलामको इलाम नगरपालिकामा २ र संखुवासभाको खाँदबारीमा १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार २९५ पुगेको छ । जसमध्ये २५ हजार ६० जना निको भईसकेका छन् ।
प्रदेश १ मा आज ६७० जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ६६२ जना निको भएका हुन् । त्यस्तै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।















