संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा सोमबार ९९ जना कोरोना संक्रमित थपिएका छन् । ६४४ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा ३२, सुनसरीमा ३०, झापामा २१, इलाममा ९, सोलुखुम्वुमा ३, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटामा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङको विराटनगरमा १३, केराबारीमा ६, सुन्दरहरैचामा ५, रंगेली, बुढीगंगा, रतुवामाई, बेलबारी र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा १५, धरानमा ११, इनरुवा, बर्जु, बराहक्षेत्र र भोक्राहानरसिंहमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, झापाको विर्तामोडमा ६, दमकमा ५, कनकाईमा ३, शिवसताक्षी र भद्रपुरमा २/२, अर्जुनधारा, मेचीनगर र झापा गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको छ ।

त्यस्तैगरी, इलामको माईमा ४, सुर्योदयमा २, इलाम नगरपालिका, देउमाई र रोङमा १/१ र सोलुखुम्वुको थुलुङ दुधकोशीमा ३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । यता, पाँचथरको फिदिम, ताप्लेजुङको फुङलिङ, तेह्रथुमको म्याङलुङ र धनकुटामा १/१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ९८१ पुगेको छ । जसमध्ये २३ हजार ८४३ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०८ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनबाट १८९, न्युरो अस्पतालबाट १०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!