संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा शुक्रबार ७२ जना कोरोना संक्रमित थपिएका छन् । ५ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २ तथा खोटाङ, इलाम र ओखलढुङ्गामा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङको विराटनगरमा १५, रतुवामाईमा ५, कानेपोखरीमा २, रंगेली, कटहरी, बेलबारी, सुन्दरहरैचा, ग्रामथान र पथरीशनिश्चरेमा १/१ जना कोरोना संक्रमित थपिएका छन् । झापाको मेचीनगर र विर्तामोडमा ५/५, गौरादहमा ४, अर्जुनधारा, शिवसताक्षी र दमकमा २/२, बुद्धशान्ति र भद्रपुरमा १/१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको इटहरीमा ७, धरानमा ६, इनरुवामा १, संखुवासभाको खाँदबारीमा २, धर्मदेवीमा १, धनकुटामा २, खोटाङको दिप्रुङ चुईचुम्मामा १, इलाममा १ र ओखलढुङ्गाको चिशंखुगढीमा १ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कारोना संक्रमितको संख्या २८ हजार ७ सय ५४ पुगेको छ । जसमध्ये २३ हजार ५ सय ३७ जना निको भएका छन् ।

यसैबीच, प्रदेश १ मा शुक्रबार ८६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८१ र विराट मेडिकल कलेजबाट ५ जना डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!