संगालोखबर सम्वाददाता

बिराटनगर । अहिले प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकि भू–भागहरुमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान बिभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव छ ।

Advertisement

बिहिबार दिउँसो प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू–भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभावना छ । राती प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू–भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभावना छ ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदुर पश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावनासमेत छ । राती देशभर आंशिकदेखि सामान्य बदली रहि हिमाली भू–भागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना छ ।

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदुर पश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का बर्षा हिमपात र प्रदेश १ को पहाडी भू–भागका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावनासमेत छ । राती प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागमा आंशिक बदली रहनेछ । हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना छ भने प्रदेश नं १ को पहाडी भू–भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!