
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ का सोमनाथ ढकालको घरमा आगलागी भएको छ । मङ्गलबार साँझ करिब ६ बजे विद्युत सर्ट भई घरमा आगो लागेको हो ।
आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामान, करिब एक लाख नगद र पाँच तोला सुनसमेत जलेको बताईएको छ । आगलागीबाट १३ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फिदिम नगरपालिकाका दुई वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन् ।















