संगालोखबर सम्वाददाता

मोरङ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको जिम्मा लिएको छ । सो पार्टीका मेची–कोशी व्यूरो इन्चार्ज प्रतापले मंगलबार प्रेस वक्तव्य जारी गर्दै प्रतिकारमा शिक्षक श्रेष्ठ मारिएको दावी गरेका छन् ।

Advertisement

शिक्षक श्रेष्ठले पटक–पटक पार्टी बिरुद्ध सुराकी गरेको वक्तव्यमा आरोप लगाईएको छ । पटक–पटक सुराकी नगर्न भन्दा पनि नमानेको र सम्झाउँदा जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा उनको मृत्यु भएको दावी गरिएको छ । ‘जनताका घर–घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका नेता कार्यकर्ताहरुलाई खान बस्न दिए तातो गोली खान्छौ भनेर जनतालाई आतंकित पारेका राजेन्द्र श्रेष्ठले २०७७ साउनदेखि नै पटक–पटक आफ्नो त्यसप्रकारको पार्टी बिरोधी गतिबिधि रोक्न, आफुलाई सच्याउँन भनी सम्झाउँदा पनि उग्र गतिबिधि गरिरहेका थिए ।’ प्रेस वक्तव्यमा भनिएको छ–‘उनलाई यसपटक पनि सम्झाउँदा जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा उनको मृत्यु हुन गएको सम्बन्धित सबैमा जानकारी गराईन्छ ।’

स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका श्रेष्ठलाई मंगलबार बिहान घरबाट लगेर केही पर जंगलमा घाँटी रेटेर हत्या गरिएको थियो । अपहरणपछि गोलीको आवजसमेत आएको स्थानीयले बताएको भएपनि उनको घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो । बिकट क्षेत्रमा पर्ने सो स्थानमा प्रहरी पुग्नसमेत घण्टौं लागेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!