संगालोखबर सम्वाददाता

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा आज बिहान एक शिक्षकको गोली हानेर हत्या भएको छ । अज्ञात समुहले मिक्लाजुङ–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठलाई अपहरणपछि गोली हानेर हत्या गरेको हो ।

Advertisement

श्रेष्ठ स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । बिहान करिब ६ बजे चार/पाँच जनाको संख्यामा आएका व्यक्तिले शिक्षक श्रेष्ठलाई घरबाट उठाएर लगेका थिए । उनीहरुले घर भन्दा करिब ३० मिनेट टाढा बर्खे जंगलमा लगेर श्रेष्ठलाई गोली हानी हत्या गरेका हुन् ।

शिक्षक श्रेष्ठलाई विप्लव समुहले हत्या गरेको प्रहरीले दावी गरेको छ । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी टोली घटनास्थल जाँदैछ । घटनाको थप विवरण आउँन वाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!