
विराटनगर । प्रदेश १ मा सोमबार ७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, संखुवासभा र ताप्लेजुङमा ३/३ र पाँचथरमा १ जना थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १५, सुन्दरहरैंचा, बेलबारी र पथरीशनिश्चरेमा २/२, रंगेली, केराबारी, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको विर्तामोडमा ४, मेचीनगर र दमकमा ३/३, बाह्रदशी, अर्जुनधारा र गौरादहमा २/२, भद्रपुर, बुद्धशान्ति, कनकाई र कचनकवलमा १/१ र स्थानीय तह नखुलेका २ जना संक्रमित भएका छन् ।
यता, सुनसरीको इनरुवा र धरानमा ३/३, इटहरीमा २, हरिनगर र स्थानीय तह नखुलेका १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तैगरी इलामको माईमा ५, इलाम नगरपालिकामा २, संखुवासभाको सभापोखरी, धर्मदेवी र मादीमा १/१, ताप्लेजुङको फुङलिङमा २, याङवरकमा १ र पाँचथरको फिदिममा १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार २५० पुगेको छ । जसमध्ये २३ हजार २४६ जना निको भईसकेका छन् ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ९३ र विराट मेडिकल कलेजमा उपचाररत ३ जना संक्रमित निको भएका हुन् ।















