
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–६ मा बालक मृत फेला परेका छन् । स्थानीय आईन्द्र हाङसरुम्बाका तीन बर्षीय छोरा गाउँपालिकाको कार्तिकेभीरको ओढारमा मृत फेला परेका हुन् ।
आफ्नै घर नजिक खेल्ने क्रममा गत कार्तिक ३० गतेदेखि उनी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा आईतवार दिउँसो करिब १२ बजे ओढारमा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट अनुसन्धान अधिकृतसहितको टोली घटनास्थल गएको थियो । प्रहरी टोलीले मृतक बालकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर ल्याएको छ ।
बालकको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।















