संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आईतबार १२३ जना कोरोना संक्रमित थपिएका छन् । ७४३ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा ४६, झापामा ३७, सुनसरीमा १५, इलाममा ११, ताप्लेजुङमा २, तेह्रथुम, भोजपुर र उदयपुरमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङको विराटनगरमा ३४, उर्लाबारी, सुन्दरहरैचा र पथरीशनिश्चरेमा २/२, सुनबर्षी, लेटाङ, रंगेली, बुढीगंगा, कानेपोखरी र बेलबारीमा १/१ जनामा संक्रमण देखिएको छ । झापाको दमकमा १६, झापा गाउँपालिकामा ६, मेचीनगरमा ४, गौरादह र विर्तामोडमा ३/३, शिवसताक्षी र कनकाईमा २/२, कमल गाउँपालिकामा १ जनाको रिपोर्ट पोजिटिभ आएको छ । सुनसरीको इटहरीमा ८, बराहक्षेत्रमा ३, गढी, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, इलामको इलाम नगरपालिकामा ७, देउमाईमा २, फाकफोकथुम र सुर्योदयमा १/१, ताप्लेजुङको फुङलिङ र स्थानीय तह नखुलेका १/१, तेह्रथुमको म्याङलुङ, भोजपुरको आमचोक र उदयपुरको रौतामाईमा १/१ जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार १७० पुगेको छ ।

यसैवीच, पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट ८ र न्युरो अस्पतालबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । योसँगै प्रदेश १ मा निको हुँने कोरोना संक्रमितको संख्या २३ हजार १५० पुगेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!