संगालोखबर सम्वाददाता

धनकुटा । पाख्रीवास नगरपालिकाले आईतबार शोक विदा दिएको छ । पाख्रीवास–९ की दलित महिला वडा सदस्य तथा नगरसभा सदस्य भीमकुमारी दर्जीको मृत्यु भएकाले शोक विदा दिईएको हो ।

Advertisement

जण्डिसको समस्याबाट पीडित ४५ बर्षीय दर्जीको मंसिर १५ गते पाख्रीवास–९ स्थित घरमै मृत्यु भएको पाख्रीवास नगरपालिकाकी उप–प्रमुख भीमकला पौडेल तिम्सिनाले जानकारी दिईन् ।

उनी तत्कालिन नेकपा एमालेका तर्फबाट वडा सदस्यमा निर्वाचित भएकी थिईन् । शोक विदाका कारण पाख्रीवास नगरपालिका कार्यालय, वडा कार्यालयहरु र शाखा कार्यालयहरु बन्द हुँने नगरपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!