संगालोखबर सम्वाददाता

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ सेतीखोलास्थित मदन भण्डारी लोकमार्गमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिवार साँझ ‘अज्ञात’ गाडीले ठक्कर दिँदा स्थानीय ३८ वर्षीय हरि खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement

रामपुर ठोक्सीलातर्फबाट पूर्वतर्फ गइरहेको पहिचान हुन नसकेको चार चक्के गाडीले घर नजिक सडक पार गर्ने क्रममा खड्कालाई ठक्कर दिएको हो । खड्कालाई ठक्कर दिएपछि पनि नरोकी चालकले गाडी भगाएको स्थानीयबासीले बताएका छन् ।

ठक्कर दिने गाडी कुन हो भन्ने खुल्न सकेको छैन । ठक्कर दिने गाडीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!