संगालोखबर सम्वाददाता

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा शनिवार ४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ ।

Advertisement

एक कार्यक्रमको आयोजना गरेर नगरपालिकाले स्वास्थ्य स्वयंसेविकाहरु देबिमाया बस्नेत, मन्जु कार्की, टीकादेबी पोख्रेल र शोभा कार्कीलाई सम्मान गरेको हो । नगरपालिकाकी उपप्रमुख ढाका कुमारी पराजुलीले सम्मान पत्र र दोसल्ला ओढाएर उनीहरुलाई सम्मानित गरेकी हुन् ।

स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!