
विराटनगर । प्रदेश १ मा शुक्रबार १२७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५२, सुनसरीमा ३५, झापामा २५, इलाममा ८, उदयपुर र संखुवासभामा २/२, पाँचथर, धनकुटा र खोटाङमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २६, सुन्दरहरैंचामा ८, बेलबारीमा ६, बुढीगंगा, केराबारी र सुनबर्षीमा २/२, रतुवामाई, पथरीशनिश्चरे, धनपालथान, कानेपोखरी, रंगेली र उर्लाबारीमा १/१ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै सुनसरीको इटहरीमा १५, धरानमा १०, बराहक्षेत्रमा ३, रामधुनीमा २, हरिनगर, दुहवी र इनरुवामा १/१ र स्थानीय तह नखुलेका २ जना संक्रमित भएका छन् । झापाको दमकमा ५, शिवसताक्षी, विर्तामोड र झापा गाउँपालिकामा ४/४, मेचीनगर र बुद्धशान्तिमा ३/३ र भद्रपुरमा २ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
यता, इलामको सुर्योदयमा ७, इलाम नगरपालिकामा १, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १/१, संखुवासभाको मकालु र खाँदबारीमा १/१, पाँचथरको कुम्बायक, धनकुटाको महालक्ष्मी र खोटाङको साकेलमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ९५५ पुगेको छ । जसमध्ये २२ हजार ७३१ जना निको भईसकेका छन् ।
प्रदेश १ आज २९४ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका २९३ जना र विराट मेडिकल कलेजमा उपचाररत १ जना कोरोना संक्रमित निको भएका हुन् ।















