संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले बौद्धिक अपाङ्गता भएका छात्रछात्रालाई न्यानो कपडा प्रदान गरेको छ । २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर बिहिबार महालक्ष्मी नगरपालिका–६ लाटेभञ्ज्याङ्गस्थित नागेश्वर माध्यमिक विद्यालयको स्रोत कक्षामा अध्ययनरत १० जना छात्रछात्रालाई न्यानो कपडा प्रदान गरिएको हो ।

Advertisement

विद्यालयमा आयोजित कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु अधिकारी र प्रमुख प्रशासकीय अधिकृत सूर्य सुवेदीले उनीहरुलाई कपडा हस्तान्तरण गरेका छन् । प्रत्येक विद्यार्थीलाई एक/एक थान जम्पर सेट, जुरफ र टोपी प्रदान गरिएको महालक्ष्मी नगरपालिकाको लैङ्गिक समानता तथा सामाजिक सुरक्षा उपशाखाका कर्मचारी गीता लुईँटेलले जानकारी दिईन् ।

महालक्ष्मी नगरपालिका क्षेत्रमा अपाङ्गता भएका करिब ७ सय व्यक्ति रहेको तथ्यांक छ । अपाङ्गता रोकथाम र व्यवस्थापनका लागि नगरपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!