संगालोखबर सम्वाददाता

मोरङ । मोरङका दुई छुट्टाछुट्टै स्थानमा सोमबार साँझ भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

Advertisement

साँझ साढे ५ बजे बेलबारी–४ स्थित राजमार्गमा दुई वटा मोटरसाईकल आपसमा ठोक्किँदा बेलबारी–७ का ३७ बर्षीय नविन पौडेलको मृत्यु भएको हो । १–०२–०४२ प.४२१६ नम्बरको मोटरसाईकलसँग ठक्कर खाँदा को.३९ प.३८०१ नम्बरको मोटरसाईकलमा सवार पौडेल गंभीर घाइते भएका थिए । घाइते पौडेलको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकलमा सवार तीन जना घाइते छन् । उनीहरुको उपचार भईरहेको छ ।

त्यस्तैगरी, पथरीशनिश्चरे–२ स्थित राजमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । बेलुका पौने ७ बजे को.१ ख.६८३१ नम्बरको बसले मे.८ प.६३७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक झापाको मेची नगरपालिका–९ का ३२ बर्षीय मुकेशप्रसाद पौडेलको मृत्यु भएको हो ।

ठक्करबाट गंभीर घाइते पौडेलको पथरी अस्पतालमा उपचारका क्रममा बेलुका ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक संजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!