Rabin Katel

विराटनगर । प्रदेश १ मा बिहिबार २१८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, संखुवासभामा ४, इलाममा ३, उदयपुरमा २ तथा धनकुटा र भोजपुरमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङको विराटनगरमा ६८, कानेपोखरीमा ४, उर्लाबारीमा २, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, सुन्दरहरैंचा, रतुवामाई, बुढीगंगा, मिक्लाजुङ र बेलबारीमा १/१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । सुनसरीको धरानमा २३, इटहरीमा २१, रामधुनीमा ३, इनरुवा, दुहवी, भोक्राहानरसिंहमा २/२ र बराहक्षेत्रमा १, झापाको दमकमा ११, विर्तामोडमा ७, मेचीनगर र झापा गाउँपालिकमा ५/५, भद्रपुर र कमल गाउँपालिकामा ४/४, हल्दिबारीमा ३, कनकाईमा २, गौरादह, शिवसताक्षी र अर्जुनधारामा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यता, पाँचथरको फिदिममा ११, संखुवासभाको खाँदबारीमा ४, इलामको इलाम नगरपालिकामा २ र माईजोगमाईमा १, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तैगरी, धनकुटा र भोजपुरका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार ७ सय ३४ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६० जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ५४० जना कोरोनामुक्त भएका छन् । मेची अस्पतालबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४/४ जना डिस्चार्ज भएका हुन् । योसँगै प्रदेश १ मा कोरोनामुक्त हुँनेको संख्या १९ हजार ७८७ पुगेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement