संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा तास खेल्दै गरेको अवस्थामा १० जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–७ स्थित मोहन श्रेष्ठको घरमा कोठा भाडा लिएका योगेन्द्र कार्कीको कोठामा तास खेल्दै गरेको अवस्थामा बिहिबार राती करिब ११ बजे प्रहरीले स्थानीय १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ हिलेका ३८ बर्षीय दिलिप रायमाझी, धनकुटा–७ का ४८ बर्षीय गोरख बहादुर कटुवाल, सोही स्थानका ३३ बर्षीय राम कुमार राई, ३५ बर्षीय लक्ष्मण वि.क., ३५ बर्षीय समिर कुमार घिमिरे, ६० बर्षीय लीलाकुमार डंगोल र ३१ बर्षीय राम कुमार राई छन् ।

त्यस्तैगरी, धनकुटा–९ का ४५ बर्षीय देशकुमार राई, सोही स्थानका ४५ बर्षीय उद्वव प्रसाद लामिछाने र धनकुटा–३ का ३० बर्षीय प्रविण राईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

तास खेल्दै गरेको सूचनाका आधारमा प्रहरी परिचालन गरेर उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । पक्राउ परेकाहरुबिरुद्ध मुद्दा दायर गरेर प्रहरीले कारबाही प्रकृया अघि बढाएको छ ।

तासको खालबाट तीन बुङ ताससहित १ लाख ११ हजार ६ सय नगदसमेत बरामद भएको छ । ताल खेलाउँने काम गर्दै आएको आरोप लागेका कोठा धनी योगेन्द्र कार्की भने फरार भएका छन् । उनी पूर्व प्रहरीसमेत हुन् । फरार रहेका कार्कीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!