संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको दुहवी नगरपालिका–३ मा तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुहवी नगरपालिका–३ का ३४ बर्षीय अनिश सिंह, ४२ बर्षीय संसद मिया, ४६ बर्षीय मंगल शाह, ३६ बर्षीय टेकबहादुर गिरी, ३८ बर्षीय आलम अन्सारी, ३४ बर्षीय दिपक अकेला, ५२ बर्षीय मो.मोक्तार, ४५ बर्षीय हजरत मिया र ४४ बर्षीय सन्तोष बराल छन् ।

तासको खालबाट ७७ हजार ७ सय रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!