संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको रतुवामाई नगरपालिकामा जनप्रतिनिधिले नै महिलामाथि बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बलात्कार आरोपमा रतुवामाई नगरपालिका वडा नं.३ का निर्वाचित वडा सदस्य बिनोदकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

३५ बर्षीय सिंहले रतुवामाई–३ की ३० बर्षीया सुकुम्बासी महिलालाई खेतमा काम गर्न बोलाएर बलात्कार गरेको आरोप छ । घटना कात्तिक ९ गते साँझ करिब साँढे ७ बजेको हो । सिंहले ती महिलालाई जबरजस्ती करणी गर्दै गरेको अवस्थामा स्थानीयबासीले देखेपछि उनी आफ्नो कपडा छोडेर भागेका थिए । सिंहले लगाउँदै आएको कपडा घटनास्थलमा फेला परेको रतुवामाई वडा नं.३ का वडाध्यक्ष बुलन देव प्रसाद सिंह गनगाईले संगालोखबरलाई बताए ।

Advertisement

घटनापछि पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिईन् । उजुरीका आधारमा प्रहरीले उनलाई चौकीघाटबाट नियन्त्रणमा लिएको हो । उनीबिरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरेर घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्व माओवादीका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका सिंह विवाहित हुन् । उनका श्रीमतीसहित दुई सन्तान छन् । पीडित महिला पनि विवाहित हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!