संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा शनिवार २१७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३ र धनकुटामा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार विराटनगरमा १०५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन् । मोरङको बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैंचामा ३, सुनबर्षी, लेटाङ र जहदामा २/२, केराबारी, रंगेली र बेलबारीमा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

सुनसरीको धरानमा ३३, इटहरीमा १२, इनरुवामा ७, बराहक्षेत्रमा ३, बर्जु, गढी र दुहवीमा १/१ जना, झापाको दमक र विर्तामोडमा ६/६, कनकाईमा ५, मेचीनगरमा ४, बुद्धशान्ति र भद्रपुरमा २/२, हल्दीबारी र शिवसताक्षीमा १/१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

इलामको इलाम, माई र चुलाचुलीमा १/१ र धनकुटामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार १७५ पुगेको छ । जसमध्ये १० हजार ८ सय ५० जना निको भएका छन् ।

शनिवार पनि प्रदेश १ बाट ३२ जना डिस्चार्ज भएका छन् । होटल एशियाटिक आईसोलेसनबाट १४, विराट मेडिकल कलेजबाट ९, न्युरो अस्पतालबाट ५, मेची अस्पतालबाट ३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट १ जना डिस्चार्ज भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!