बिराटनगर । बिराटनगर–१६ स्थित दरैयाबाट लागुऔषधसहित मंगलबार बिहान दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१५ रानीका ३१ बर्षीय शम्भु साह र ३० बर्षीय बिकी राई छन् ।
विहान करिव साढे चार बजे विशेष सुराकीका आधारमा खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान समुहको टोलीले उनीहरुलाई प्रक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट ६२ बोतल डाईलेक्स डिसी, १८७ ट्याब्लेट नाईट्रोजन र २३८ ट्याब्लेट एसपी प्रोक्सिभन लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेकाहरुबिरुद्ध प्रहरीले कारबाही प्रकृया अघि बढाएको छ ।