संगालोखबर सम्बाददाता

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले ड्रोनमार्फत भौगोलिक नक्सांकन तथा सर्वे गर्न थालेको छ । नगरपालिकाले आइतवारदेखि ड्रोन प्रयोग गरी डिजिटल प्रणालीबाट नक्सांकन तथा सर्वे थालेको हो । प्रदेश १ का पालिकाहरुमध्ये पहिलो पटक ड्रोनमार्फत भौगोलिक नक्सांकन तथा सर्वेको काम थालिएको बेलबारी नगरपालिकाले दावी गरेको छ ।

Advertisement

सहरी विकास योजना, विपद जोखिम व्यवस्थापन, घर नम्बर तथा स्ट्रिट ठेगाना निर्धारण, गुरुयोजना निर्माण, सडक स्तरीकरण, भौतिक पूर्वाधारको स्तरोन्नति, सडकको अवस्था, अतिक्रमित सरकारी जग्गाको तथ्यांक संकलन गर्न यो बिधि प्रभावकारी हुँने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

नक्सांकन गर्न विभिन्न जीआइएस विज्ञ, ड्रोन पाइलट तथा सरकारी अधिकारीहरुलाई एकतावद्ध गरेर निश्चित उपलब्धि हासिल गर्ने नगरको लक्ष्य छ । त्यस्तै, उच्च स्केलको नक्सा प्राप्ति गर्र्ने र उच्च स्तरीय फोटोको आधारमा विस्तृत सहरी विकास योजना तथा विपद् व्यवस्थापनमा सहयोग पुग्ने नगरले लक्ष्य लिएको छ ।

‘वाढी पहिरो डुवान हुने क्षेत्रको अवस्थासमेत ड्रोनमार्फत खिचिन्छ ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले भने–‘यसबाट हामीलाई विपद ब्यवस्थापनकालागि पूर्व तयारी गर्न पनि सहज हुन्छ ।’ नगरपालिकाका ३० स्थानबाट सेटलाईटसँग जिपिएस कोडिनेटमार्फत कन्ट्रोल पोइन्ट स्थापना गरी सर्वेक्षण गर्न लागिएको हो ।

नगरक्षेत्रको मुख्य बस्ती एवं सडकहरुको ड्रोनबाट सर्वेक्षण एवं नक्सांकनको कार्य सुरु भएकाले यसबाट प्राप्त हुने सम्पूर्ण फोटो एवं भिडियोको गोपनीयता नगरपालिकाले राख्नेछ । नगर क्षेत्र भित्रको पर्यटकीय स्थल, सडक, लगायत बिकास निर्माणका कामको डीपीआर, डिजाईनसमेत कार्यालयमै बसेर गर्न सकिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले यो काम गर्ने जिम्मा बिज्ञहरुलाई दिएको छ । बेलायतबाट सिभिलि इन्जिनियरिङ सकेर ट्रान्स्पोटमा मास्टर गरेका बिबेक सिंहले यसको जिम्मा लिएका छन् । डिजि निर्माण इन्जीनियरिङ प्रा.लि. बिराटनगरका सञ्चालकसमेत रहेका सिंहले डिजिटल प्रणालीले नगरको सचित्र प्रोफाइल बन्ने र सर्वेक्षण सकिएपछि मोवाइल एपमार्फत हेर्न मिल्ने जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!