संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका कार्यालयका तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका १७ जनाको पीसीआर परीक्षण गर्दा तीन पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

संक्रमण पुष्टि हुँनेमा गाउँपालिका कार्यालयको प्रशासन शाखामा कार्यरत ५० बर्षीय कर्मचारी, ३० बर्षीय प्राविधिक र ३५ बर्षीय स्वास्थ्यकर्मी छन् ।

कन्ट्राक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गर्दा तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य भण्डारीले जानकारी दिए । ‘गाउँपालिका कार्यालयकै कर्मचारीहरुमा संक्रमण देखिएकाले अब केही दिन कार्यालय बन्द गरेर थप कर्मचारीहरुको पीसीआर परीक्षण गर्ने तयारी गरेका छौ ।’ भण्डारीले भने ।

योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि हुँनेको संख्या ६० पुगेको छ । जसमध्ये ४५ जना निको भईसकेका छन् । बाँकीको उपचार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!