संगालोखबर सम्वाददाता
फायल तस्वीर

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्कका छत्रबहादुर गिरीले अचार पिस्ने लोहोरो (ढुंगा) ले हानेर श्रीमतीको हत्या गरेका छन् । ४२ बर्षीय छत्रबहादुरले लोहोरो प्रहार गर्दा ४० वर्षीया श्रीमती ज्ञानकुमारीको मृत्यु भएको हो ।

घटना शुक्रबार बिहान करिब ५ बजेको हो । श्रीमान–श्रीमतीबीच बिवाद हुँदा छत्रबहादुरले श्रीमतीमाथि लोहोरो प्रहार गरेका थिए । लोहोरोले लागेर गंभीर घाईते भएकी ज्ञानकुमारीको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख एवं प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले संगालोखबरलाई बताए ।

Advertisement

लोहोरो प्रहारबाट गंभीर घाईते भएकी ज्ञानकुमारीलाई उपचारका लागि दिक्तेल अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजादै गर्दा हलेसी तुवाचुङ नगरपालिकामा बिहान करिब ९ बजे उनको मृत्यु भएको हो । मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

श्रीमतीलाई लोहोरो प्रहार गरेपछि गिरी फरार भएका थिए । उनलाई शनिवार बिहान करिब साँढे ७ बजे तालखर्कबाट पक्राउ गरिएको डिएसपी चिमरीयाले जानकारी दिए । ‘भागेर लुकिरहेका छत्रबहादुरलाई पक्राउ गरेका छौ ।’ डिएसपी चिमरियाले संगालोखबरसँग भने–‘के विवादमा लोहोरोले होनेको हो भनेर बुझ्दै छौ । घटनाको बिषयमा अनुसन्धान हुँदैछ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!