
झापा । झापाको भद्रपुर–३ पैतिस लाईनबाट पटकासहित अटो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर–४ का ४२ बर्षीय ढाक्रे राजवंशी छन् ।
विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ ७ बजे अटो चालक राजवंशीलाई पक्राउ गरेको हो । मे.१ ह.३४१३ नम्बरको अटोमा राखेर पटका ल्याउँदै गरेको फेला परेकाले आटोसहित चालक राजवंशीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अटो भित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा ५८ बण्डल खुर्सानी पटका बरामद भएको छ । बरामद पटक, अटो र चालक राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।















