संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाकी समिता ढुङ्गेलले बीबीएस प्रथम बर्षमा सर्वोत्कृष्ट अंक ल्याएकी छन् । लिवर्टी कलेज धनकुटामा अध्ययनरत ढुङ्गेलले व्यवस्थापन (बीबीएस) तर्फ स्नातक तह प्रथम बर्षमा ८४ दशमलव २ प्रतिशत अंक ल्याएकी हुन् ।

Advertisement

यो नेपालकै सर्वोत्कृष्ट अंक भएकाले ढुङ्गेल नेपाल प्रथम भएको लिवर्टी कलेजले दावी गरेको छ । बीबीएस प्रथम बर्षका बिद्यार्थी मध्ये सबैभन्दा धेरै अंक ल्याउँदै समिता नेपाल प्रथम भएको लिवर्टीका क्याम्पस प्रमुख हिमसागर कार्कीले दावी गरे । ‘हामीले काठमाडौं, बिराटनगर, पोखरा लगायत क्षेत्रका धेरै कलेजहरुमा बुझ्यौ । तर, ८० प्रतिशत कटाउँने विरलै छन् ।’ क्याम्पस प्रमुख कार्कीले संगालोखबरसँग भने–‘हामीले हालसम्म बुझे अनुसार समिताले भन्दा बढी अंक कसैले पनि नल्याएकाले समिता नेपाल टप भएको हाम्रो दावी हो ।’

त्रिभुवन विश्वविद्यालयले भने नेपाल प्रथमको आधिकारीक घोषणा गरेको छैन । तर, अन्य बिद्यार्थीले ल्याएको अंकको तुलनामा लिवर्टी कलेजले समितालाई नेपाल प्रथम दावी गरेको हो । धनकुटाको छारागाउँ घर भएकी समिताले धनकुटा इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूलबाट ए प्लससहित २०७२ मा एसईई उत्तीर्ण गरेकी थिईन् । उनी सानैदेखि पढाईमा अब्बल रहेको धनकुटा बोर्डिङका प्रिन्सिपल राजन पौडेल बताउँछन् ।

समितासँगै लिवर्टी कलेजमै अध्ययनरत सरद तितुङले पनि ८१ दशमलव ४ प्रतिशत र सविता पौडेलले ७८ दशमलव ८ प्रतिशत अंक ल्याएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया