संगालोखबर सम्वाददाता

धनकुटा । ईलाका प्रहरी कार्यालय पाख्रीवासमा कार्यरत प्रहरी नायव निरीक्षक उज्वल शाक्य भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । ईलाका प्रहरी कार्यालयका प्रमुखसमेत रहेका शाक्यलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले भदौको ‘पुलिस अफ दी मन्थ’ घोषणा गरेको हो ।

फरार अपराधि पक्राउ गरेको, बिभिन्न निकायसँग समन्वय गरेर कार्यालय परिषरमा कम्पाउण्ड वाल, ग्यारेज निर्माण गरेको तथा कार्यालय सञ्चालन पूर्ण तवरले व्यवस्थापन गर्नुका साथै दैवी प्रकोप उद्धारमा सक्रिय भूमिका निर्वाह गरेकाले शाक्यलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विभागिय निति अनरुप लगनशिल र कर्तव्यनिष्ट ढंगबाट परिचालन भई उत्कृष्ट कार्यसम्पादन गरेकाले शाक्यलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्द अधिकारीले बताए । उत्कृष्ट कार्यसम्पादन गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालयले हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ ।

यसअघि चानुवामा कार्यरत असई श्याम कार्की साउन र भेडेटारमा कार्यरत सई यदु खड्का असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!