संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका वडा नं.९ ले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने भएको छ । आफ्नै एम्बुलेन्स खरिद गर्ने प्रकृया अन्तिम चरणमा पुर्याएको वडाले सुत्केरी गराउँन जाँदा–आउँदा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँने भएको हो ।

Advertisement

वडाबासी बिरामी हुँदा अस्पताल पुर्याउँन सहजताका लागि वडाले आफ्नै लगानीमा एम्बुलेन्स खरिद गर्न लागेको छ । एम्बुलेन्स खरिद गर्न सम्झौतासमेत भईसकेको छ । भारतबाट भन्सार छुटमा ल्याईने सो एम्बुलेन्स वडामा आईपुग्न करिब तीन महिना लाग्नेछ । कार्यविधि निर्माण गरी एम्बुलेन्स सञ्चालन गरिनेछ । वडा भित्रका गर्भवती महिला सुत्केरी गराउँन जाँदा–आउँदा एम्बुलेन्सबाट निःशुल्क सेवा उपलब्ध गराईने वडाध्यक्ष मनोज रायमाझी ‘सन्दिप’ ले बताए । ‘सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईनेछ ।’ उनले भने–‘थप सेवा, सुविधाको बिषय कार्यविधिले यकिन गर्नेछ ।’

वडाबासी बिरामी पर्दा बिना झन्जट समयमै अस्पताल पुर्याउँने उद्धेश्यले एम्बुलेन्स खरिद गर्न लागिएको वडाध्यक्ष रायमाझीको भनाई छ । ‘समयमा एम्बुलेन्स नपाउँदा धेरै झन्जट बेहोर्नु पर्छ । अस्पताल पुर्याउँन ढिलाई भएकै कारणले कतिपय बिरामीले ज्यान गुमाउँनु परेको खबर पनि सुनिन्छ । हामी हाम्रो वडामा यस्तो भएको हेर्न चाहदैनौ ।’ वडाध्यक्ष रायमाझीले भने–‘कुनैपनि वडाबासी बिरामी पर्दा बिना झन्टल समयमै अस्पताल पुर्याउँन सहजताका लागि हामीले आफ्नै एम्बुलेन्स किन्न लागेका हौ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!