Avatar photoRabin Katel

धनकुटा । धनकुटाको सल्लेरीस्थित डा. राम प्रसाद पोख्रेल आँखा अस्पतालमा दैनिक आँखाको शल्यक्रिया हुने भएको छ । नेपाल नेत्र ज्योती संघ धनकुटाद्वारा सञ्चालित आँखा अस्पतालमा यसअघि हप्तामा एक दिन मात्र आँखाको शल्यक्रिया हुँने गरेको थियो । तर, अब दैनिक अप्रेशन गर्ने व्यवस्था मिलाईएको नेपाल नेत्र ज्योती संघका सभापति रोशेष श्रेष्ठले जानकारी दिए ।

Advertisement

आँखा उपचारलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजानलाई अप्रेशन नियमित गर्ने वातावरण मिलाईएको हो । अब, ओपीडीमा नेत्र चिकित्सकहरुले आँखा जाँच गरी शल्यक्रिया गर्नु पर्ने विरामीहरुको दैनिक शल्यक्रिया गर्नेछन् ।

यसैबीच, सेवा प्रभावकारी रुपमा सञ्चालनको बिषयमा छलफलका लागि आज नेत्र ज्योती संघको बैठक पनि बसेको छ । बैठकमा सचिव देव वहादुर खड्का, कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, सह–कोषाध्यक्ष जयन्द्र प्रधान, आँखा अस्पताल विकास समितिका अध्यक्ष लिलानाथ मिश्र, कार्यकारी सदस्यहरु प्रकाश श्रेष्ठ, सुनिल डंगोल, ऋषिराम ढंगाना, विजय सन्तोषी राई, रेणु श्रेष्ठ, डा.इशा श्रेष्ठ, प्रशासन प्रमुख नरेन्द्र वस्नेत लगायतले आँखा उपचार सेवालाई थप गुणस्तरीय बनाउदै लैजानुपर्नेमा जोड दिएका छन् ।

यसैबीच नेपाल नेत्र ज्योती संघको कार्यालय कक्ष निर्माण गर्न निवर्तमान सभापति दोर्णप्रसाद गुरागाईले १ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । संघका केन्द्रिय कोषाध्यक्षसमेत रहेका गुरागाईले आज बसेको बैठकमा संघका सभापति श्रेष्ठलाई रकम हस्तान्तरण गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement