संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरका एक कोरोना संक्रमित बृद्धको आज धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । विराटनगर–१२ का ७० वर्षीय कोरोना संक्रमित बृद्धको दिउँसो करिव साढे दुई बजे मृत्युु भएको हो ।

Advertisement

बिरामीलाई ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिएको र कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको म्याक्स अस्पतालबाट प्रतिष्ठानमा रेफर गरिएको थियो ।

उनलाई भदौ १७ गते प्रतिष्ठानको कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!