
ईलाम । ईलामको माई नगरपालिका–२ सेली डाँडामा पोखरीमा डुबेर आज एक नाबालिकाको मृत्यु भएको छ । मध्यान्ह १२ बजे स्थानीय बिनोद राईकी १३ महिनाकी छोरी सबनमको पोखरीमा डुबेर मृत्यु भएको हो ।
घर छेउमै रहेको पोखरी नजिक खेल्ने क्रममा उनी चिप्लिएर पोखरीमा खसेकी थिईन् ।
पोखरीमा डुबेर घाईते भएकी नाबालिकालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।















