संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ लखथुम्कामा एक महिलाको हत्या भएको छ । स्थानीय ४२ बर्षीया डोरकुमारी राउतको गएराती हत्या भएको हो ।

हत्या आरोपमा स्थानीय २५ बर्षीय रोशन मगरलाई प्रहरीले शनिवार बिहान पक्राउ गरेको छ । नशामा रहेका मगरले राउतलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ । लागुऔषध सेवन गरेका मगरले राउतलाई खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन् । हत्याको कारण भने खुलेको छैन । खुकुरी प्रहारबाट राउतको टाउकोमा गंभीर चोट लागेको छ ।

Advertisement

मृतकको शवलाई पोष्टमाटमको लागि कटारी अस्पताल लगिएको छ । आरोपित मगरलाई पक्राउ गरी घटनाको बिषयमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!