संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

Advertisement

यसैबीच प्रदेश १ मा शनिवार ७७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जना कोरोना संक्रमित थपिएका हुन् । विराटनगरका ४६ जनामा संक्रमण देखिएको छ । २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको बुढीगंगामा ५ महिला ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैचमा १ महिला संक्रमित थपिएका छन् ।

सुनसरीको इटहरीमा २ महिला ६ पुरुष, इनरुवा र धरानमा २/२ पुरुष, रामधुनी र दुहवीमा १/१ पुरुष संक्रमित भएका छन् । यता, उदयपुरको बेलकाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमण पुष्टि हुँनेको संख्या ४ हजार ६ सय ९६ पुगेको छ । जसमध्ये २ हजार ५६ जना निको भएका छन् ।

शनिवार पनि प्रदेश १ का ३६ जना डिस्चार्ज भएका छन् । कालि सदन आईसोलेसन विराटनगरबाट २०, बैजनाथपुर आईसोलेसन विराटनगरबाट ९, मारवाडी सेवा सदन आईसोलेसनबाट ४ र कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!