संगालोखबर सम्वाददाता

बिराटनगर । कोरोना संक्रमण बढिरहेका बेला बिराटनगरस्थित कोशी अस्पताललाई निजी क्षेत्र एवं नागरिक स्तरबाट पुनः अर्को पीसीआर मेसिन प्रदान गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच आए.एन.ए.एक्स्ट्राक्सन मेसिन कोशी अस्पताललाई हस्तान्तरण गरिएको हो ।

Advertisement

निजी क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका बिशेष सल्लाहकार सुनिल टिवडेवाल र नागरिक समाजका तर्फबाट अरुण न्यौपाने लगायतले ३२ लाख मुल्यको पीसीआर मेसिन बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई प्रदान गरे । महानगर प्रमुख पराजुलीले पुनः कोशी अस्पताल बिकास समिति अध्यक्ष महेश भट्टराई र मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासलाई पीसीआर मेसिन हस्तान्तरण गरेका हुन् ।

यसअघि पनि बिराटनगरमा निजी क्षेत्रको सक्रियतामा आर्थिक संकलन गरी ३१ लाख ६४ हजार मुल्यको पीसीआर मेसिन खरिद गरेर कोशी अस्पताललाई प्रदान गरिएको थियो । कोरोना संक्रमण फैलदै गएर पीसीआर परीक्षणको दायर अझै बढाउँनुपर्ने देखिएपछि परीक्षणमा सहजताका लागि निजी क्षेत्र एवं नागरिक समाजले स्वतस्फूर्त आर्थिक संकलन गरी पुनः अर्को मेसिन खरिद गरेर अस्पताललाई उपलब्ध गराएका हुन् ।

अमेरिकी कम्पनीले बनाएको यो पीसीआर मेसिनबाट एक दिनमा १ हजार ५ सय जनाको पीसीआर परीक्षण गर्न सकिने बताईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!