
झापा । झापाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । बाहुनडाँगीस्थित नेपाल भारत सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहान ९ः३० बजे ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पूर्वी नेपालका अधिकांस जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन ।















